पोखराका स्थायी बासिन्दा कृष्ण मर्सानीले हालै निजामती सेवाबाट अवकाश लिए । ३५ वर्ष लामो जागीरे जीवनमा उनी कलाकारका रुपमा खासै चिनिएका थिएनन् । सन् २०१६ को मे २८ देखि २०२० को मे २८ सम्मका चार वर्षमा उनले १ हजार ४ सय ५० वटा चित्र बनाए । तीमध्ये अधिकांश नेपाली साहित्य र कलाका हस्तीहरु छन् ।

साहित्यकारको चित्र बनाउन थालेयता उनी चर्तित कलाकारका रुपमा स्थापित भएका छन् । उनको हातबाट चित्र नबनेका साहित्यकारहरु अब पाउन मुस्किल हुन थालेको छ ।
जागीरे जीवनअघि उनी रंगमञ्चका कलाकार थिए । त्यसबाहेक उनी टेबल टेनिसका स्थानीय च्याम्पियन पनि भैसकेका व्यक्ति हुन् । सामाजिक कार्यमा पनि उनको क्रियाशीलता लोभलाग्दो छ ।

चित्रकलाका प्रख्यात कलाकार यादवचन्द भूर्तेलबाट प्रभावित भएका मर्सानीले विद्यालयदेखि नै कलाकारितामा रुचि राख्न थालेका थिए । जागीरे जीवनमा भने उनको कलाकारिता छुट्यो तर जागीरे जीवनको अन्त्यदेखि अवकासका फुर्सद समयमा उनी लगातार कला र साहित्यकारहरुको मुहारचित्र कोरिरहेका छन् ।

आखिर किन त ?
‘साहित्य र कलामा लाग्नेहरु देश र समाजप्रति बढी चिन्तित देखेँ । बाँकीलाई त व्यक्तिगत स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र चिन्ता देखिन्छ,’ जागीरे जीवनमा मानिसको चरित्रलाई राम्रोसँग अध्ययन गरेका मर्सानी भन्छन्, ‘मान्छेमा स्वार्थ त हुन्छ नै तर देश र समाजप्रति पनि ऊ उत्तिकै जिम्मेवार हुनुपर्छ । जुन साहित्य कलाका मानिसमा बढी छ ।’

उनी साहित्यका धेरै जसो पुस्तक पढ्छन् र साहित्यकारहरुका विचार पढ्न सुन्न रुचाउँछन् । यद्यपि विश्वेश्वरप्रसाद कोइराला, जगदीश घिमिरे र सरुभक्तका कृतिबाट उनी बढी नै प्रभावित देखिन्छन् ।

भन्छन्, ‘यी तीन स्रष्टाका कृतिहरुले मलाई साहित्यकारको चिन्तन कति माथि हुन्छ भन्ने बुझ्न सहयोग गर्यो ।’

प्रस्तुत छः हजारभन्दा बढी कलाकार तथा साहित्यकारको मुहारचित्र बनाएका मर्सानीका नजरमा सर्वोत्कृष्ट २५ मुहारचित्रहरुः

अभि सुवेदी

 

अलि मियाँ

 

अमर गुरूङ

 

अरूणा लामा

 

वानीरा गिरी

 

बैरागी काइँला

 

विश्वेश्वर प्रसाद कोइराला

 

धर्मराज थापा

हरिहर शर्मा

 

इन्द्रबहादुर राई

 

जगदीश घिमिरे

झमक घिमिरे

मदनमणि दीक्षित

 

माधवप्रसाद घिमिरे

 

मञ्जुल

 

माया ठकुरी

 

नगेन्द्र शर्मा

 

नारायण गोपाल गुरूवाचार्य

 

पारिजात

 

रत्न शमशेर थापा

 

शिद्धिचरण श्रेष्ठ

तुलसी दिवस

यादव खरेल

भैरव अर्याल

चित्तधर हृदय