भारतको चर्चित साप्ताहिक पत्रिका इन्डिया टुडेले गएको अङ्क मूड अफ दि नेसन शीर्षकमा वृहद् स्तरमा सर्भे गरेको थियो ।
यो सर्भेमा बलिउडका कलाकारहरूमध्ये नम्बर एक को हो भनी सोधिएको थियो । दर्शकहरूले नम्बर एक हिरोइनका रूपमा क्याट्रिन कैफ छानेका छन् । उनको यही वर्ष रिलिज भएको फिल्म सूर्यवंशी सबैभन्दा बढी कमाउने फिल्ममा गनिएर मात्र उनी नम्बर एक हिरोइन भएकी भने होइनन् । विक्की कौशलजस्ता नयाँ पुस्ताका कलाकारसँग तीन दिने वैवाहिक कार्यक्रमका लागि पनि चर्चित बनिन् । यसपछि विक्ट्रिना कहलिन थाल्यो, यो जोडी ।
सूर्यवंशी फिल्ममा अक्षयकुमारसँग टिपटिप वर्षा पानी गीत युट्युबमा यति हिट भयो कि २०० मिलियन भ्युज पायो । सात वर्षदेखि ३८ वर्षीया दीपिका पादुकोणले नम्बर एक हिरोइनको पदवी पाइरहेकी थिइन् । अकस्मात क्याट्रिनाको नयाँ इन्ट्रीपछि उनी दोस्रो नम्बरमा धकेलिएकी छन् ।
रोचक त ओटिटीका कारण फिल्म र अभिनयबाट टाढिएका अभिनेत्रीहरूले पनि काम पाउन थालेका छन् । दमदार अभिनयका कारण यस पटक रविना टन्डन, सुस्मिता सेन तथा पूजा भट्ट पनि चर्चामा रहे । थलैवी फिल्मका कारण कंगना रनावत पनि चर्चामा रहिन् ।
उता अभिनेतातर्फ अमिताभ बच्चन ७९ वर्षको उमेरमा पनि नम्बर एक अभिनेताका रूपमा जनतामाझ लोकप्रिय छन् । उनको चेहरे फिल्म गत वर्ष रिलिज भएको थियो । फिल्म फ्लप भए पनि कौन बनेगा करोडपतिका कारण उनी वर्षभरि नै चर्चामा रहिरहे ।
अमिताभ बच्चनपछि सबैभन्दा लोकप्रिय कलाकारका रूपमा अक्षयकुमार रहेका छन् । त्यसपछि सलमान खान रहेका छन् । सूर्यवंशी हिट भएपछि अक्षयको लोकप्रियता बढ्यो, अन्तिमः द फाइनल ट्रुथ असफल भएपछि सलमान खानको लोकप्रियता केही खस्किएको छ ।
उता नेटफ्लिक्स तथा अन्य ओटिटी प्लेटफर्मका कारण काम नपाएर घरैमा थन्किएका अभिषेक बच्चनजस्ता कलाकारले काम पाउन थालेका छन् । पछिल्लो समय बब विश्वास शृंखलाका कारण अभिषेक ओटिटी प्लेटफर्मका नम्बर एक कलाकार बन्न सफल भएका छन् ।
अभिषेक बच्चनपछि लोकप्रियमा मनोज बाजपेयी फ्यामिली म्यान २ शृंखलाका कारण चर्चामा रहे । आश्रमका कारण बबी देओल र तान्डवका कारण सैफ अली खान र सिरियस म्यानका कारण नवाजुद्दिन सिद्दिकी उत्कृष्ट पाँचभित्र परेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।