
अलमलिएको छु म । गरुँ कहाँबाट सुरु गरूँ । देखिएजस्तो मात्र होइन उहाँ । हुनुहुन्न चिनेको जति मात्र पनि । टुङ्ग्याउने कसरी गरेर सुरु ? गरुँ कि कुरा भेट भएदेखि ? परिचय भएदेखि गरुँ कि ? कि राम्रो सम्बन्ध भएपछि ? गरे पनि जहाँबाट सुरु । सक्छुजस्तो लाग्दैन पूर्णता दिन । छ शङ्का आफैँप्रति ।
देखिनुहुन्छ सधैँ ठाँटिएको दौरासुरुवालमा । हुन्छ घाँटीसम्म टमक्क भएको दौरा । टोपी भादगाउँले । नलाएको कोट देखेको छैन कहिले । कद छ होचोहोचो । आँखा छन् ठूलाठूला । देखिनुहुन्छ सधैँ फुर्तिलो । गर्नुहुन्छ कुरा विस्तारै तर स्वादले । हातमा हुन्छ प्रायः सल्किरहेको चुरोट । देखिनुहुन्छ यस्तै । देखेर चिन्ने यसरी नै हो नाटककार ,निर्देशक प्रचण्ड मल्ललाई । बन्नुभएको छ योद्धा रङ्गकर्मको ।
भेटिनुहुन्थ्यो सधैँ कमलादीको प्रज्ञाप्रतिष्ठानमा । नहुँदा भवनभित्र । भेटिनुहुन्थ्यो त्यही परिसरमा । हुँदासम्म उहाँको जागिर प्रज्ञामा । भेटिनुहुन्थ्यो रङ्गमञ्च भएका अर्को कुनै प्रेक्षालयमा । भेटिनुभएन भने त्यहाँ पनि । भेटिनुहुन्छ रङ्गकर्मीहरू भेटिने ठाउँमा । जहाँ भए पनि भेटिनुहुन्छ त्यही वेषभुषामा । बनेको छ अर्को परिचय उहाँको एकरुपताको । सक्दैन कसैले बिर्सन । भेटेपछि एकपटक उहाँलाई । सक्दैनन् चिन्न भने भेटेजतिले उहाँलाई । सक्नुपर्छ भित्रसम्म पस्न चिन्नलाई राम्ररी । हुनुहुन्न देखेजस्तो मात्र । खोजेपछि भेटिन्छ उहाँको उचाइँ ।
होचो हुनुहुन्छ देख्दा जति । बन्नुभएको छ अग्लो सयौँ गुनाले योगदानले । खन्दै गएपछि बढ्दै गएजस्तै जमिन । बढ्दै गएजस्तै खाल्डोको आकार । खोतल्न सकिन्छ जति । जानुहुन्छ बढ्दै पनि त्यति । रङ्गमञ्चका कुरा आउनु र नहुने प्रचण्ड मल्ल । हुँदैन सम्भव कुनै किसिमले पनि । प्रिय पनि पुरक पनि रङ्गमञ्च र प्रचण्ड । भन्नुभएको छ आफैँले –नाटक हो जीवनको अभिन्न अङ्ग । सिकाउँदासिकाउँदै नाटक । बनिसक्यो जीवन नै नाटक ।

प्रचण्ड मल्लसँग लेखक श्रीओम श्रेष्ठ ‘रोदन’
नाटकै हो जीवन सबैको । गर्छन् सबैले नाटक । कसैले बुझेर र कसैले नबुझेर । हुँदैनन् कोही नाटक विनाका । व्यावहारिक नाटक कसैका । कसैका सामाजिक नाटक । बाध्यतात्मक नाटक कसैका । प्रचण्ड मल्लको जीवनचाहिँ । बनेको छ नाटकजस्तै नाटक । नसकिने सितिमिती चिन्न ।
जन्मिनुभएको नै नाटककै लागिजस्तो । गर्नुहुन्छ नाटक कुराको । काम नाटककै गर्नुहुन्छ । खानुभयो जागिर नाटककै प्रज्ञामा । बन्नुभो उपकुलपति सत्सठीमा । नियुक्ति पनि नाटककै भयो सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानमा । लेख्ने नाटक । सोच्ने नाटक । खेल्ने नाटक । सिकाउने नाटक । हिँडाइ नाटक । सबै नाटकैनाटक । सकिँदैन उहाँसँग एकछिन पनि अलग गर्न । बन्नुहुन्छ बिरामी । छुट्याउन खोजे नाटकसँग । छुट्याउन नसकेजस्तै छायाँलाई कसैले । बन्द गर्न नसकेजस्तै छातीको ढुकढुकीलाई ।
हुनुहुन्थ्यो सक्रिय धेरै समयसम्म जीवनको । हुनुहुन्न सक्रिय अहिले सशरीर । उमेरको कुरा । स्वास्थ्यको कुरा । हो स्वाभाविक पनि । हुँदैन सधैँ कोही पनि । नभए पनि हुनुहुन्छ नटाढिने गरी । छोपिदिने हो भने मात्र उहाँको नाम । हुन्छ अपाङ्ग नाटक इतिहासदेखि वर्तमानसम्म ।
होइन बढेको सम्पर्क त्यत्तिकै उहाँसँग । नाटक गर्दथेँ एकताका युवा नाट्य परिवार (युनाप) बाट । केही नभएजस्तो अरु कुनै काम । धाइन्थ्यो प्रत्येक दिनजसो एकेडेमी । कहिले नाचघर त कहिले रेडियो नेपाल । भएको भेट नाटककै काममा । दिनुभएको थियो हौसला र सल्लाह पनि । व्यक्ति उहाँजस्तो वरिष्ठले मजस्तो नयाँलाई । सकेको छैन त्यो दिनलाई बिर्सन ।
हो कि जस्तो लाग्छ बयालीस त्रिचालीस सालको । ‘पृथ्वीनारायण शाह’ नामको टेलिशृङ्खलाको तयारी थियो निर्माणको । भनिएको थियो सबैभन्दा लामो शृङ्खला नेपालको । हुनुहुन्थ्यो निर्देशक प्रचण्ड मल्ल । आव्हान गरिएको थियो कलाकारहरुको । छापिएको थियो विज्ञापन गोरखापत्रमा ।
दिएँ मैले पनि दरखास्त । अनुभवसहितको आफ्नो परिचय राखेर । बोलाइयो परीक्षणका लागि बालमन्दिरमा । गएँ तयारीकासाथ । भएिको थियो बालमन्दिरको प्रेक्षालय । खिचिरहेका थिए क्यामराले । आएपछि पालो देखाउनुपर्थ्यो गएर अभिनय स्टेजमा । थिएनन् कोही पनि चिनेका,भेटेका ।
बसिरहेको थिएँ एक्लै कुनामा । नाम डाकियो । अभिनय गर्नका लागि दिइयो वीर रसको संवाद । प्रस्तुुत गरेँ सकेसम्म राम्रो हुनेगरी । थियो जीवनकै पहिलो अभिनयपरीक्षा । लागिरहेको थियो डर । राम्रो गर्न सकिँन कि भनेर । ‘राम्रो भयो ,राम्रो भयो बाबु’ भनेर हात मिलाउन आइपुग्नुभयो प्रचण्ड मल्ल । अलमलिएँ एकछिन । बनेको थियो हुनसम्मको ठूलो पुरस्कार । बोल्नुभएको हार्दिक दुई वचन । प्रकाशित भयो नतिजा केही समयपछि ।
निकालिएको थियो क, ख र ग तीन समूहमा । सफल भएका कलाकारहरुका नाम । थियो मेरो नाम ‘ख’ समूहको अग्रपङ्क्तिमा । सम्झिएँ त्यो नबिर्सने दिनलाई । सम्झिएँ प्रचण्ड मल्ललाई पनि । रङ्गमञ्च क्षेत्रमा दीक्षित हुुनुुभएजस्तै । उत्रनुभएको थियो त्यसरी नै व्यवहारमा पनि । गर्नुुभएको हार्दिक व्यवहार । थिएन होला पक्कै मलाई मात्रै । हुनुपर्छ नयाँ अनुुहारलाई कसरी प्रोत्साहन गर्नुपर्छ भन्ने कला ।
बिर्सन्छन् धेरैले आफ्नो अतितलाई । गर्छन् घमण्ड उपलब्धिमा । थिएँ हिजो के भन्दा पनि । छुँ म आज जे हुँ मा । देखाइहाल्छन् मपाइँत्व । बिर्सन्छन् हिजो कसरी पाएको थिएँ प्रोत्साहन भन्ने । गर्छन् व्यवहार जानेरै आएजस्तो एकैपटक ।
बन्नुहुन्छ त्यस्तै हुनुहुन्छ जस्तो । छैन कृत्तिमता कतै पनि । फेरिसकेको छ समयले धेरै कोल्टे । भोगिसक्नुभएको छ धेरै वर्षका घामपानी । देखिसक्नुभएको छ जीवनका धेरै आरोह–अवरोहहरू । बग्थे बाग्मतीमा सफा पानी । बग्छन् अहिल घरघरबाट आएका ढल । छैन स्वच्छ हावापानी पनि भएजस्तै प्राकृतिक । छन् धुवाँ र धुलो हावामा । थिए खुल्ला फाँटहरु जतासुकै । भइसकेका छन् साँघुरा । नभएजस्तो ठाउँ बनाउनलाई घर । हिँड्नलाई राम्रोसँग बाटो पनि । गरिसकेको छ परिवर्तन समयले । कल्पनै गर्न नसकिने परिवर्तन । भएका होइनन् परिवर्तन मात्र भौतिक । भएका छन् त्योभन्दा बढी मान्छेका भावना ।
साधुजस्तै बनेका छन् चोरहरू । भएका छन् जोगीहरू चोर । बनेका छन् अगुवा मुुर्खहरू । बदलिएका छन् अनुहार अगुवाहरूका । भएका छन् पलायन पनि त्यतिकै । हो सबै गरिएको समयले । बलवान बनेको छ समय । राख्छ सामथ्र्य समयले । जस्तै मै हुँ भन्नेलाई पनि पानीपानी बनाउने ।
हुनुभएन परिवर्तन कुनै कुराले पनि प्रचण्ड मल्ल । सकेन गर्न परिवर्तन र केही पनि समयले । होइन इच्छाशक्ति र दृढ्ता मात्र । हो आपैmप्रतिको विश्वास पनि । हुनुभएजस्तै हिजो । हुनुहुन्छ आज पनि त्यस्तै । हो यही नै आफ्नोपन उहाँको । हो गौरव पनि यही नै । लाग्छ उहाँ शान्त समुद्रजस्तै । रङ्गकर्मका लागि । कर्तव्य र प्रेरणाका लागि । नआउने सुनामी कहिल्यै शान्त समुद्रजस्तै ।
सक्नुहोला बिर्सन कसरी आफूलाई फर्केर हेर्न ? जन्मनुभो गुच्चाटोलमा । उन्नाइस गते असारको छयानब्बे सालमा । बुबा पढ्नुहुन्थ्यो बाल्मीकि रामायण । सुनेरै जान्नुभो लय हालेर पढ्न । सिकाउनुभो आमालाई पनि । अक्षर नचिन्ने आमा । छक्क पर्नुभो बुबा सुनेर ।
जागिर थियो बुबाको वीरगञ्जमा । जानुहुन्थ्यो रक्सौल हेर्न नाचगान र नाटक । बिरामी पर्नुभो एकपटक लामै । फर्काइयो काठमाडौँमा नै । हुन्थ्यो नाटक गाईजात्रा र इन्द्रजात्रामा । हुन्थे काठमाडौँका खुला ठाउँमा । जानुहुन्थ्यो हेर्न । आएपछि घर । गर्नुहुन्थ्यो अभिनय र संवाद त्यसै अनुसारको ।
हुनुभएको नाटकमै लिप्त देखेर । लैजानुभयो डो-याउँदै बालकृष्ण समकहाँ । दाजु सुरेन्द्र मल्लले एघार सालमा । खोजेर पनि सक्नुहुन्न बिर्सनलाई त्यो दिन । चर्चित हुनुहुन्थ्यो बालकृष्ण सम । नाटक लेखन, निर्देशन र अभिनयमा पनि । समसँगको सङ्गत नै बन्यो पहिलो पाठशाला प्रचण्डको ।
लेख्न थाल्नुभएको थियो लेख गोरखापत्रमा अठार सालमा नै । लेखिरहुनुहुन्थ्यो मधुपर्कमा पनि । निस्क्यो एउटा पुस्तक ‘मधुपर्कमा प्रचण्ड’ । खेल्नुभो पहिलो नाटक‘क्रान्तिकारी कृष्ण’ । निर्देशन गर्नुभएको थियो दाजु फणिन्द्र मल्लले ।
समले गराउनुभो अभिनय ‘अमर सिंह’ नाटकमा । भूमिका थियो सिपाहीको सानो । लेख्नुभएको छ नाटकका किताबहरु । लेख्नभएको छ एकसय तीसभन्दा बढी नाटक । गर्नुभएको छ निर्देशन दुई सय चालीस जतिमा ।
होइन नाटकको लेखन निर्देशन मात्र । गर्नुभो अभिनय । गर्नुभो मञ्चको परिकल्पना । ध्वनि ,प्रकाश ,साजसज्जा ,वेशभूषा र श्रृङ्गारको पनि । बन्नुभो पर्याय नै रङ्गमञ्चको । पुग्नुभयो प्रतिष्ठाले पनि । होइन त्यत्तिकै प्राप्त भएको उपलब्धि । गर्नुभएको छ धेरै मेहनत । बगाउनु भएको छ पसिना धेरै । गर्नुभएको छ यात्रा सत्मार्गमा इमान्दारीको ।
साधना गर्नुभएको छ कलाको छ दशकभन्दा लामो । रोकिनु भएको छैन कहिल्यै । बगिरहेको निरन्तर नदीजस्तै । उक्लिरहनु भएको छ अग्लाअग्ला पहाडहरु पनि । छैन थाक्नुभएको कहिल्यै । अविश्रान्त यात्रीझैँ । लागिरहनु भएको छ मन, वचन र कर्मले रङ्गमञ्चमा । तपस्या नै हो यो ऋषिमुनिहरूको भाषामा । हो त्याग नै शहीदहरूको अर्थमा ।
गुमाउनु प-यो बाल्यकालमै आमाको माया । भोग्नुभयो मायाको अभावको पीडा । उमेरले जस्तै बाल्यकाल । हुन्छ कला क्षेत्रमा पनि वाल्यावस्था । भोग्नु भएकोले अभाव मायाको । ठान्नुहुन्छ नहोस् कसैलाई पनि । बन्नुहुन्छ आमाजस्तै नयाँनयाँ कलाकारहरूका लागि । थाहा छ उहाँलाई बालकृष्ण समले दिनुभएको प्रेरणा । थिएन बनाउन प्रचण्ड मल्ल मात्र । सार्थक बनाउनुभएको छ समको विश्वासलाई ।
बन्नुभएको छ देशकै ठूलो नाटककार । रङ्गमञ्चविज्ञ पनि । हुनुहुन्छ उहाँ नै पहिलो विदेश पढ्न जाने नाटक र रङ्गमञ्च विषयमा । जानुभएको थियो रुस तेइस सालमा छात्रवृत्ति थियो दुई वर्षको । फर्केपछि अध्ययन सकाएर विदेशबाट । बनाउनु भएको छ रङ्गमञ्च अधिकाँस उपत्यकाको ।
बनाउनु भयो रुस जानुअघि नै राष्ट्रिय नाचघर । पुलिस क्लब र सेनाको मञ्च पनि । फर्केपछि बनाउनुभएको थियो । प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय सभागृहको मञ्च । भृकुटीमण्डपको मञ्च पनि ।
प्रवेश भएको थियो प्रज्ञाप्रतिष्ठानमा एक्काइस सालमा । बन्नुभो नाटक तथा रङ्गमञ्च विशेषज्ञ । जन्माउनुभएको छ कलाकारहरु धेरैधेरै । जन्माउनुभएको छ नाटककार र निर्देशकहरु । गरेका छन् प्रदर्शनी प्रतिभाको हजारौँ हजारले । मञ्च बनाउने उहाँ । कलाको आधार बनाउने उहाँ । परिणाम छन् देखिने कतिकति । होलान् नदेखिने झन् बढी ।
सत्य रहेछ भनिएको । कलाकार जन्मिन्छ, जन्माइँदैन । निर्देशक पनि जन्मिन्छ, जन्माइँदैन । जन्मनुभएको प्रचण्ड मल्ल पनि बनाउन नै रहेछ मञ्च । उतार्न रहेछ कलाकार । देखाउन रहेछ कला अभिनयको । जान्छ जस उहाँलाई नै ।
हो बाँच्ने यसरी नै । जन्मिएपछि मान्छे भएर । बाँच्छन् बाँचुञ्जेल त जोसुकै पनि । मरेपछि बाँच्नु पो बाँच्नु । होइन बाँच्ने जति भए पनि सम्पति । पाए पनि जति ठूला पद । हुँदैन अर्थ कुनैको । हुनुपर्छ काम नै । सत्काम, निष्ठाकाम, कीर्तिकाम नै । चाहिँदैन बनाउन कुनै सालिक । पर्दैन मनाउन जयन्ती र दिवस । बाँच्नेहरू बाँच्छन् हृदयहृदयमा ।
धर्म पनि हो प्रचण्ड मल्लको रङ्गमञ्च । कर्म पनि हो रङ्गमन्च । गर्नुहुन्छ पूजा पनि रङ्गमञ्चकै। शक्ति पनि हो रङ्गमञ्च । समृद्धि पनि हो रङ्गमञ्च । बन्नसकेको त्यतिकै होइन आदर्शको नाम । ईष्र्या लाग्ने नाम । भनिएको त्यत्तिकै होइन । योद्धा रङ्गकर्माको ।
–२०६५ साउन



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

