रूसी चित्रकारहरूमा युरी क्लापोख पनि एउटा सशक्त हस्ताक्षर मानिन्छ । हामीले ल्यान्डस्केप शृङ्खलामार्फत लामो समयदेखि विभिन्न कलाकारहरूको ल्यान्डस्केप चित्रहरू पस्किरहेका छौँ । आज भने युरीका चित्रहरू हेर्ने समय जुरेको छ ।
१९६३ मार्च १२ मा रूसको चेर्कासी क्षेत्रको उमान सहरमा जन्मिएका युरी अलेक्सेविच क्लापोख खार्कोभ हाइयर मिलिटरी एभिएसन इन्जिनियरिङ स्कुलबाट शिक्षा पूरा गरे । सन् १९९३ मा उनले मस्को पिपुल्स युनिभर्सिटी अफ आर्ट्समा स्नातक गरेका थिए । उनको शिक्षा कति तगडा थियो भने उनले १९८५ मा विश्वविद्यालयबाट स्वर्ण पदकसमेत प्राप्त गरेका थिए ।
उनी अहिले पनि खार्कोभमै रही कलासम्बन्धी काम गरिरहेका छन् । उनका सिर्जनाहरू अमेरिका, चेक गणतन्त्र, पोल्यान्ड, अस्ट्रिया, जर्मनी, दक्षिण अमेरिकाजस्ता देशका कलापारखीहरूले खरिद गरी सजाएर राखेका छन् । आज हामी उनका सिर्जनाहरू यहाँ अवलोकन गर्नेछौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।