दिमित्री लेभिन सन् १९५५ मा रूसको मोर्साङ्कमा जनमिएका हुन् । उनले पेन्जा आर्ट स्कुलबाट कलामा स्नातक भएपछि यसै क्षेत्रमा उनले करियर बनाए । उनले रूसका प्रख्यात ल्यान्डस्केप चित्रकारहरू सिस्किन, कोरोभिन, सुरिकोभ तथा अन्यको शैलीलाई पछ्याउँदै आफ्नो बेग्लै शैली बनाए ।
उनका चित्रमा प्रकृति, गाउँ तथा रूसी शहरको महिमा गान देखिन्छ । १९९७ यता दिमित्री क्रिएटिभ युनियन अफ आर्टिस्ट अफ रसियाको सदस्यका रूपमा कार्यरत छ् । उनका चित्रहरूका प्रदर्शनी रूस मात्र नभई बेल्जियम, बेलायत, हङकङ, हंगेरी, फ्रान्स, जर्मनी, अमेरिका, इटाली लगायतका मुलुकमा समेत पुगेका छन् । उनका चित्रहरू सर्वसाधारणले यति रूचाएका छन् कि संसारभरका धनीमानीका घरमा उनका पेन्टिङ झुन्डिएका छन् ।
आउनुस्, हिजो शुक्रबार उनको जन्मदिनलाई आज स्मरण गर्दै उनका चित्रकलाहरू अवलोकन गरौँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला