सन् १९८५ मा १० वर्षकी थिइन्, सर्बत गुला । उनी पाकिस्तानस्थित अफगानी शरणार्थी शिविरमा यत्तिकै बसिरहेकी थिइन् । अमेरिकी फोटोग्राफर स्टिभ म्याकरीले तिनको तस्बिर खिचेका थिए ।

नेसनल जियोग्राफिक म्यागेजिनको आवरणमा छापिँदा यो तस्बिर र यी सर्बत यति प्रख्यात भइन् कि रातारात सेलिब्रिटी बनिन् । तर यी सेलिब्रिटी वर्षौंसम्म गुमनाम जीवन बाँचिन् । कतिसम्म भने उनका बारेमा खैरखबर लिने कसैलाई पनि पत्तोसमेत भएन ।

सन् २००२ मा स्टिभ पुनः अफगानिस्तानको यात्रामा निस्किए । उनको यो खोजमा त्यति सफल हुन सकेनन्, जति सन् २०१७ को यात्राले उनलाई सफलता दिलायो ।

उनले सर्बत गुलालाई भेट्ने अवसर पाए । ती कलिली अबोध बालिका यतिबेला बिहे मात्र भएको थिएन, उनका पनि चार सन्तान जन्मिसकेका थिए ।

स्टिभले फेरि सर्बतको परिवारलाई खिचेर देश फर्किए । र, यतिबेला दुई समयमा आफूले खिचेका सर्बत गुलाको तस्बिर उनलाई स्मृतिमा किन पनि आइरहन्छ भने देश छोड्न लालायित अफगानीहरूमध्ये उनले अधिकांश अबोध बालिकाहरूमा सर्बत गुला नै देख्छन् ।