दोस्रो अन्तर्राष्ट्रिय अनलाइन कला प्रदर्शनी २०२१ हालै सम्पन्न भयो ।

कोभिड १९ का कारण घरभित्रै कोच्चिएर बसेका कलाकारहरूलाई प्रेरित गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना गरिएको जनाइएको छ ।

प्रदर्शनीमा मदन चित्रकार, किरण मानन्धर, गोविन्द डंगोलजस्ता प्रख्यात नेपाली चित्रकारहरूसँगै नयाँ पुस्ताका जीवन राजोपाध्यायजस्ता कलाकारसमेत सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा भारतकी डा. निरजा चन्दना पिटर्स, अस्ट्रियाका रूसुल जोसुफ्त, अमेरिकाबाट डा. महिमा मोदी गुप्ता, इक्वेडरबाट युजेनियो लियोनजस्ता कलाकारहरूको सहभागिता रहेको थियो ।

आर्ट बुम, आर्ट नेपाल, आकार तथा थ्रि क्रिएटिभ टिम्सको संयुक्त आयोजनामा सम्पन्न यो अनलाइन कला प्रदर्शनीमा १६ विभिन्न देशका २० अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता रहेको थियो भने नेपालभित्रकै ६४ जना कलाकारहरूले सहभागिता जनाएका थिए ।

जुलाई १ बाट यो प्रदर्शनी युट्युबमा सम्पन्न गरिएको थियो । अझै पनि प्रदर्शनी जारी रहेको आयोजकहरूको भनाइ छ ।

कार्यक्रममा सहभागिता जनाएका सम्पूर्ण कलाकारहरूलाई अनलाइन सर्टिफिकेट वितरण गरिएको थियो ।

यस कार्यक्रमको आयोजनाबाट अन्तर्राष्ट्रिय कलाकारहरूसँग बलियो सम्बन्ध गाँस्न सहज भएको र अन्तर्राष्ट्रिय कलाकारहरूले यसरी अनलाइनमार्फत आफ्ना कला प्रदर्शनी गर्न पाउँदा हर्ष व्यक्त गरेका थिए ।

यस्तै शृंखलाको पहिलो प्रदर्शनी अघिल्लो वर्ष आयोजना गरिएको थियो । जसमा ५४ जना कलाकारहरूले सहभागिता जनाएका थिए ।

[embedyt] https://www.youtube.com/watch?v=Hqiquh7MR7I[/embedyt]