फोटोग्राफीमा पुलित्जर पुरस्कार विजेता भारतीय फोटोग्राफर दानिस सिद्दिकीको अफगानिस्तानमा गएको साता १६ जुलाईमा हत्या भयो । खासगरी अफगानी सुरक्षा फौज र तालिबानी लडाकुहरुबीच भइरहेको लडाइँका तस्बिरहरु खिच्ने क्रममा अफगानिस्तानको कान्दाहारमा गोली लागी उनको निधन भएको थियो ।

नयाँ दिल्लीको जामिया मिलिया इस्लामिया दिल्लीबाट मास कम्युनिकेसनमा स्नातकोत्तर गरेका उनले टेलिभिजनबाट करियर शुरु गरेका थिए । सन् २००८ देखि २०१० सम्म इन्डिया टुडे ग्रुपमा काम गरेका उनी पछि रोयटर्सका स्टार फोटोग्राफर थिए ।

उनको हत्या भएको बेला उनी अफगानी सुरक्षा बलसँगै थिए । उनी कान्दाहारमा तालिबानीद्वारा कब्जा गरिएको भागमा भएको गोली हानाहानमा फँसेका अफगानी प्रहरीलाई निकाल्ने अफगानी सेनाको अभियानसँगै थिए ।

उनले केही जीवन्त तस्बिरहरु खिचेका छन् । आजको तस्बिरकलामा उनका तिनै तस्बिरहरु हेर्ने छौँः