साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रेम्ब्रान्टको जन्मजयन्तीमा सुन्दर कृतिको अवलोकन

दुई दिन अघि मात्र १५ जुलाईमा नेदरल्यान्डका प्रख्यात चित्रकार रेम्ब्रान्टको जन्मजयन्ती मनाइयो । अरूका लागि उनको स्मरण खास के हुन्थ्यो होला र ? उनलाई मन पराउने संसारभरिका प्रशंसकका लागि भने विहीबारको त्यो समय भने विशेष नै हुन्छ ।

सन् १६०६ जुलाई १५ मा जन्मिएका नेदरल्यान्डका यी चित्रकार आफ्नो समयका ज्यादै चर्चित र सम्मानित चित्रकार हुन् । ६३ वर्षको उमेरमा उनको राजधानी आम्स्टरड्याममा उनको निधन भएको थियो ।

उनका चित्रकलाले मानव भोगाइ, पीडा र अनुभूतिको पूरै कथा कहने गरेको छ र यसैले उनलाई अहिलेसम्म अमर बनाएको छ ।

सम्बन्धित पोस्टहरु

उनका चित्रकला कुनै खास विधामा अड्किएका छैनन् । उनले शैली र विषयगत चित्रहरू धेरैमा हात हाले । चाहे पोट्रेट, सेल्फ पोट्रेट हुन् या ल्यान्डस्केप, ऐतिहासिकता होस् या मिथक हुन्, उनले उत्तिकै सुन्दर चित्रहरू कोरे ।

त्यसले त उनका चित्र अहिले पनि हेरूँ हेरूँ लाग्ने छन् ।

आज हामी उनका केही सुन्दर चित्रहरू अवलोकन गर्नेछौँः

प्रतिक्रिया
Loading...