जोन माटेयको पोल्यान्डका चर्चित चित्रकार हुन् । १८३८ जुन २४ मा जन्मिएका उनलाई लडाइँ र ऐतिहासिक क्षणका चित्र कोर्न खुब मन पर्थ्यो । यही विधालाई उनले मुख्य धारा बनाए ।
दुई दिनअघि मात्र उनको जन्म दिनलाई पोल्यान्डबासीहरूले स्मरण गरे । हुन त उनले पोल्यान्डको इतिहास खोतलेर त्यहाँका मुख्य तिथिमितिमा घटेका घटनाहरूलाई कुचीमा उतारे तर पनि नेपालजस्तो देशका लागि उनी प्रेरणाका बिन्दु बन्न सक्छन् ।
हाम्रो नेपालमा पनि ऐतिहासिक क्षणका चित्रहरू निकै कम कोरिएका छन् । कुनै विशेष घटनालाई ती चित्रले बुझाउन ठूलो भूमिका खेल्न सक्छन् । यो कुरा जोनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले आफ्नो मुख्य ध्येय नै ऐतिहासिक क्षणलाई चित्रकलामा उतार्नु बन्यो ।
उनका चित्रले विगतका पोलिस नायकहरूको महिमा मण्डन गरेको छ । उनका चित्रहरू यतिबेला नेसनल म्युजियम वार्सा, लिभिभ आर्ट ग्यालरी लगायत कयौँ ठाउँमा टाँगिएका छन् ।
उनका चित्रकलाहरू र खासगरी ऐतिहासिक पेन्टिङका सन्दर्भमा भने केहीले चर्को आलोचना पनि गर्ने गरेका छन् । उनले ती चित्रमा ऐतिहासिक तथ्यहरू बङ्ग्याएको आरोप पनि अद्यापि झेल्ने गरेका छन् । यद्यपि ती चित्रले तथ्य छाडेर देशको इतिहासप्रति रूचि जगाउन भने भूमिका खेलेका छन् ।
आउनुस्, हामी पनि इतिहासका तथ्यतिर भन्दा पनि सुन्दर कलाकृतितिर नजर लगाऔँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।