अमेरिकी अन्तरिक्ष अध्ययन संस्थान नासाले केही वर्षयता मंगल ग्रहमा बस्ती बसाउन सकिन्छ कि भनी अध्ययन थालेको छ । यसका लागि उसले पर्सिभियरेन्स रोभर नामक यान पठाएको छ । सो यानले गएको मार्च २७ देखि आफ्नो यन्त्रमा जडित क्यामेरालाई उपयोग गर्दै मंगल ग्रहका तस्बिरहरु पठाउन थालेको छ ।

मंगल ग्रहमा यस यानले आफ्नो सय दिन पूरा गरेको छ । माफ गर्नु होला, यहाँ पृथ्वीको जस्तो ३६५ दिनको एक वर्ष जस्तै १०० दिनको तीन महिना हुँदैन । पृथ्वीको दोब्बर समय बराबर त्यहाँको एक समय हुन्छ ।

खैर, मंगल ग्रहमा सो यानले त्यहीँको सय दिन पूरा गरेपछि ती अवधिमा यानले खिचेका तस्बिरहरु पठाउन थालेपछि ती तस्बिरको अध्ययन भइरहेको छ । सो यानले मंगलमा सूक्ष्मजीवको अस्तित्वको खोजी गर्ने प्रयास गरिरहेको छ । साथै रोभरले यो ग्रहमा विगतमा जलवायु कस्तो थियो र भूगोलको इतिहास कस्तो हुनसक्छ भनी जाँच गर्ने प्रयास गरिरहेको छ ।

गएको १८ फेब्रुअरीमा रातो ग्रह (रेड प्लानेट) को उपनामले चिनिने मंगलको भूमध्य रेखाको ठीक उत्तरमा जेजेरो नामक क्रेटरको छेउछाउमा रोभरलाई झारिएपछि यसले अद्भुत तस्बिरहरु खिचेर पठाउन थालेको छ ।

एउटा सानो हेलिकप्टर इन्जेन्युटीले पनि यहाँका एरियल तस्बिर पठाएको छ । पृथ्वीबाहेक अन्य कुनै ग्रहमा हेलिकप्टर उडेको यो पहिलो घटना पनि हो ।

यस पटक हामीले नासाको मिसन मंगल अन्तर्गत अहिलेसम्म हात परेका तस्बिरहरुमध्ये केही तस्बिर हामी पनि अवलोकन गरौँः