लकडाउन असाध्यै बोझिलो भइराखेको छ भन्ने हामी सबैले महसुस गरिसकेका छौँ । कार्यालयको काम मात्रै गरिरहदा वाक्क दिक्क भएर लामो बिदा माग्नेहरु पनि अहिले आजित भएका छन् । केहि गर्न पाए हुन्थ्यो भन्ने सबैको मनमा छ । दिक्दारलाग्दो दैनिकी भएको छ धेरेको । यस्तोमा सिर्जनशील हुन सक्ने सम्भावना कत्तिको हुन्छ ? सायद यो प्रश्नमा धेरै मानिसहरुको फरक फरक विचार आउँन सक्छ ।
फुर्सद हुदैमा कोही सिर्जनशील बन्छ भन्न सकिदैन । त्यस्तै सिर्जनशीलहरुलाई दिक्दारलाग्दो दैनिकीले रोक्छ भन्न पनि सकिदैन । मानिस अनुसार हुने कुरा हो ।
यहाँ हामीले लकडाउनलाई सिर्जनशील भएर सदुपयोग गर्नेको कला कथा ल्याएका छौँ । यसलाई झापाबाट मायामितुले पठाउँनु भएको हो । यस पटकको कला कथामा मायामितुले धरानका कलाकार चिर्थ निरौलाका बारेमा चित्र आलेख तयार पार्नु भएको छ ।
धरानका स्थायी वासिन्दा तीर्थ निरौलाले काठमाडौंलाई कर्मथलो बनाएका छन् । तीन दशकदेखि कला क्षेत्रमा लागेका तिर्थका स्वदेश तथा विदेशमा दर्जनौ कला प्रदर्शनीहरु भएका छन् । उनका चित्रमा अर्ध अमूर्त र अमूर्त छवि देख्न सकिन्छ । उनका चित्रहरुले समय र परिस्थितिको प्रतिनिधित्व गर्छन् । उनी कला समीक्षक पनि हुन् ।
लकडाउनका अवधिभर उनले कोरोनासँग सम्बन्धित चित्रहरु कोरे । उनका कोरोना कलाका केही नमूनाहरु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।