नेपाली चलचित्र क्षेत्रमा विपिन कार्कीको बारेमा अब धेरै भनिराख्न पर्दैन । अहिले विपिन कार्कीको नाम मात्रै पनि नेपाली फिल्मी क्षेत्रमा बेग्लै पहिचान बोक्न सक्ने भइसकेको छ तर यो सफलता विपिन कार्कीलाई चिठ्ठा परेको वा आकस्मिकरुपमा उपलब्ध भएको भने होइन ।
लुट फिल्मको असाध्यै सामान्य भुमिका खेल्दा होस् या आरोहण गुरुकुलमा नाटकमा अभिनय गरिरहदा विपिन कार्कीलाई कसैले त्यति धेरै वास्ता गरेको देखिदैन थियो तर विपिन कार्की भने आफ्ना हरेक भुमिकालाई उत्तिकै वास्ता गर्थे । उनले आफुले अभिनय गर्नु पर्ने हरेक पात्रमा आफुलाई ढाल्न सक्ने गजबको कला विकाश गरेका छन् । यसैले त उनको नाम अहिले विशेष बनेको छ ।
नेपाली चलचित्रमा चरित्रलाई आधार बनाएर अभिनय गर्ने विपिन कार्की चाँडै लेखकका रुपमा उदाउँदैछन् । लकडाउनका अवधिमा उनले पुस्तकलाई अन्तिम रुप दिएको थाहा हुन आएको छ । कोरोनाको सक्रमणबाट पार हुने वित्तिकै पुस्तक बजारमा आउने थाहा पाएको छ । उनको पुस्तकलाई बुकहिल पब्लिकेसन्सले बजारमा ल्याउन लागेको हो ।
रङ्गमञ्च हुँदै चलचित्रमा आएका विपिन छड्केको ‘विन्दु’ र पशुपतिप्रसादको ‘भस्मे डन’ पछि लगातार नयाँ नयाँ चरित्रमा देखा पर्न थालेका हुन् । साहित्यपोस्टको शनिबार विशेष विपिनको लेखन जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
हामीले यहाँ विपिन कार्कीको कलाकारितालाई प्रतिनिधित्व गर्ने केहि तस्विरहरु संकलन गरेका छौँ । पक्कै पनि यो फोटो कथाले विपिन कार्कीका बारेमा केहि जानकारी भने दिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

