म दृष्टान्त बिडारी । उमेर १८ बर्ष । विद्यार्थी हुँ अनि फोटोग्राफीमा रुचि राख्छु । त्यसमा पनि मलाई चराचुरुङ्गीमा विशेष चासो छ । समय मिल्ने बित्तिकै जंगल चहार्नु मेरो पहिलो रुचि हुने गरेको छ ।

कोरोना भाइरसले फैलाएको विश्वव्यापी त्रासका कारण नेपाल सरकारद्वारा लगाईएको लकडाउनको अवधि लगभग दुई महिना पूरा हुने अवस्थामा छ । मान्छेहरु घरिभत्र कैद छन् । अत्यावश्यक अवस्थामा बाहेक धेरैले घरबाहिर निस्कने हिम्मत गरेका छैनन् । कतै कतै भने लकडाउको अवज्ञा गर्दै मान्छेहरुको भिड बढेको समाचार विभिन्न संचार माध्यमबाट सुन्न सकिन्छ ।

मानिससहरु घर भित्रै कैद भएको अवस्थामा जंगलमा शान्त भएर रमाई रहेका चराचुरुङ्गीहरू गाउँ बस्तीतिर पस्न थालेका छन् । यसरी बस्तीको छेउछाउ चराचुरुङ्गीहरु देख्दा भन्न सकिन्छ, यो समयमा उनीहरूले आफ्नो उडानको क्षेत्र फराकिलो पारेका छन् ।

जनावर तथा चराचुरुङ्गीहरू आफ्नो प्राकृतिक आवासबाट निस्केर कंक्रिटको जंगलतर्फ छिर्दै गर्दा उनीहरु माथि मानवद्धारा पर्ने नकारात्मक असरहरुलाई भने मध्यनजर गर्न जरुरी छ ।

फोटोग्राफर दृष्टान्त बिडारी

(चराका मात्र तस्बिर खिच्न रुचाउने दृष्टान्तका केही तस्विरहरु कान्तिपुर दैनिकमा पनि छापिएका छन् ।)