
हामीले केही सातायता संसारभरका पुराना कलाकार र तिनको चित्रकृतिहरू प्रस्तुत गरिरहेका छौँ । यसै सन्दर्भमा यस पटक हामीले पिटर मर्क मियोन्स्टेडका चित्राकृतिहरू यहाँ प्रस्तुत गरिरहेका छौँ ।
१८५९ डिसेम्बर १० मा जन्मिएका पिटरको निधन १९४१ अगस्ट २० मा भएको थियो । उनी ल्यान्डस्केपमा निकै सशक्त कलाकारका रूपमा चिनिएका थिए । उनका चित्राकृतिहरू यतिबेला डेनमार्कको बौजेनस्थित आलबर्ग म्युजियममा हेर्न सकिन्छ ।
डेनमार्कको पेन्टिङ इतिहासमा उनको समयलाई सुनौलो युगका रूपमा मानिनन्छ । उनले चित्र बनाउन आफ्नो देशका कुना कन्दरा मात्र घुमेनन्, त्यो बेलाका चर्चित ठाउँहरू स्विट्जरल्यान्ड, इटाली, फ्रान्स, उत्तरी अफ्रिका, ग्रिसको समेत भ्रमण गरे । त्यहाँको यात्राका क्रममा आफूलाई रूचेका ल्यान्डस्केपको सुन्दरतालाई उनले आफ्नो कलाको पाइनले रंग्याए ।
पिटरले खेत, जंगल, गाउँले मानिसहरू आदिका बारेमा चित्र बनाए । उनका ती चित्र यति मोहक थिए कि त्यो बेला उनलाई तिनै कृतिले चर्चित बनायो र अद्यापि उनको चित्रकलामा योगदानको चर्चा भइरहन्छ । उनले त्यो बेला निकै ठूलो सफलता हात पारेका थिए । उनलाई देशविदेशबाट चित्रकलाको प्रदर्शनी लगाउन निम्तो आउँथ्यो र पेरिस र म्युनिखमा प्रायः प्रदर्शनी लगाइरहन्थे ।
आज तपाईंका लागि प्रदर्शनी हामीले यहीँ साहित्यपोस्टमा लगाएका छौँ ।















































यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 








