
कृष्ण मुनिकार
झट्ट हेर्दा कुनै आतंककारी संगठनको सदस्यझैँ लाग्ने उनलाई पहिलेचोटि देख्नेहरू शायद उनको बाक्लो झ्यापुल्ले जुँगादाह्री देखेर तर्किन पनि खोज्छन् होला तर पनि बाहिरी आवरण मात्र हेरेर कसैप्नैरति पनि तुलना गर्नुहुन्न भन्ने भनाइ उनीसँग पनि मेल खान जान्छ। उनी हुन्, कम बोल्न रूचाउने तथा सधैँ कलाकर्ममा तल्लीन हुने कलाका मेधावी विद्यार्थी, कृष्ण मुनिकार।
ललितकला क्याम्पसबाट कला (पेन्टिङ)मा स्नातक तहमा सर्वोत्कृष्ट भई पुरस्कृत हुन सफल मुनिकार हाल ललितकला केन्द्रीय विभाग कीर्तिपुरमा कलामै स्नातकोत्तर अध्ययन गरिरहेका छन्।
काठमाडौं मैतीदेवीका स्थायी बासिन्दा कृष्ण मुनिकार फुर्सदको बेला गितार बजाउन रूचाउँछन्। गम्भीर स्वभावका उनका चित्रहरूमा पनि उस्तै गाम्भीर्य देखिन्छन्। जसलाई बुझ्न दर्शकहरू केहीबेर उनका कलाअगाडि घोत्लिएर हेर्नुपर्ने हुन्छ। उनका सृजनाहरू नियाल्दा कलामा दर्शनको फ्युजन देखाउन खोजिएको भान हुन्छ।
आजका अधिकांश कलामा कृष्णले हरिया नोट अर्थात् अमेरिकी डलरको भान दिने गरी चित्र कोरेका छन् । नोटभित्र सर्वसाधारणका गतिविधिलाई उनले प्रस्तुत गर्न खोजेको भान हुन्छ । तपाईंले ती चित्रमा अनेकन् अर्थसमेत खोज्न सक्नुहुन्छ । सच्चा कलाकारको क्षमता भन्नु प्रत्येक दर्शकलाई बेग्लाबेग्लै प्रभाव दिन सक्नु पनि हो ।
आउनुहोस्, आज उनै गम्भीर अनि मेधावी कलाकार कृष्ण मुनिकारका जीवन दर्शन झल्काउने पृथक् कलाहरू अवलोकन गरौं:



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

