दिनगन्ती गर्दागर्दै तपाईं हाम्रो घर आँगनीमा दशैँ आइपुगेको छ । केहीका लागि यो पर्व दशैँ भए पनि केहीका लागि भने यो दशा नै बन्न पुग्ने गर्छ । हुने खानेका लागि यो रमाइलो पर्व हो भने हुँदा मात्र खानेका लागि दशापर्व बन्न पुगेको छ । त्यसमाथि त यस कोरोनाकालमा यस पटकको दशैँले अनौठो परिस्थिति सिर्जना गरेको छ । यस्तो अवस्थामा हाम्रा देशका व्यंग्यप्रिय सर्जकहरूले कार्टुनमा कस्तो दशैँ देखिरहेका छन् त? हामीलाई यसबारे जान्ने चासो जाग्यो । सामाजिक सञ्जाल तथा मिडियामा देखापरेका कार्टुनहरू हेर्दा हामीले यस पटकको दशैँ यस्तो देख्याैँ ।