५२ वर्षीय कलाकार डिल्लीराज शर्मा घिमिरे पेशाले शिक्षक हुन्। लामो समयदेखि अध्यापन पेशामा आबद्ध उनी फुर्सदमा कुची र रंगसँग खेल्न रूचाउँछन्। सरस्वती मा.वि. विध्यानगर, देउखुरी दाङबाट प्रारम्भिक शिक्षा हासिल गरेका घिमिरेले महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङबाट आइ.ए., ललितकला क्याम्पस भोटाहिटी काठमाडौँबाट आइ.एफ.ए. र महेन्द्ररत्न क्याम्पस ताहाचल, काठमाडौंबाट बि.एड.सम्म अध्ययन पूरा गरेका छन्।

अध्यापनसँगै फुर्सदको समयमा चित्रकला, साइनबोर्ड, ब्यानर तथा भित्तेलेखनमा रूचि राख्ने उनी जलरङमा पोख्त पुराना कलाकार हुन् । २०४५ सालदेखि हालसम्म प्राथमिक शिक्षकका रूपमा रसुवामा कार्यरत घिमिरेले शिक्षण पेशासँगै कलायात्रालाई पनि सँगसँगै डोहोर्याउँदै आइरहेका छन्। आज हामी ललितकला क्षेत्रमा परिचित उही नाम डिल्लीराज घिमिरेका केही जलरंगी चित्रहरू अवलोकन गर्नेछौं ।