बेलायतको डर्बिसायरस्थित मेटलक बाथमा लुइस इन्ग्राम रेनर २१ जुन १८३२ मा जन्मिएका थिए । उनी प्रख्यात बेलायती जलरङ चित्रकारका रूपमा चिनिन्छिन् । उनका बुवा स्यामुएल र आमा एन दुवै कलाकार थिए । बुवा त १५ वर्षको उमेरमा नै चित्रकला प्रदर्शनी गर्न पाउने भाग्यमानी थिए । त्यो पनि रोयल एकाडेमीमा । स्यामुल र एनका चार सन्तान नै चित्रकार भएर निस्किएका थिए तर लुइसको भने निकै चर्चा भयो ।

१५ वर्षको उमेरबाट नै रेनरले चित्रकला पढेकी थिइन् । पहिला आफ्ना पिता र पछि जर्ज क्याटरमोल, एडमन्ड निम्यान, डेभिड रोबर्ट्स र फ्राङ्क स्टोनले उनलाई कला सिकाए । उनको पहिलो तैलचित्र प्रदर्शनी भएको थियो ।
१८६० पछि भने उनले जलरङ प्रयोग गर्न थालिन् । त्यसपछिका ५० वर्ष उनले जलरङको उत्थानका लागि समर्पित गरिन् । उनले सोसाइटी अफ लेडी आर्टिस्ट बनाइन् । रोयल वाटरकलर सोसाइटी र रोयल सोसाइटी अफ ब्रिटिस आर्टिस्टमा पनि नेतृत्व गरिन् ।

सन् १८७० र १८८० को दशकमा उनी देशभरि घुमेर ल्यान्डस्केप चित्र बनाइन् । उनले बेलायती गाउँ‑शहर र कस्बाका चित्र उतारिन् । उनका खँदिला चित्रले मिहिन रूपमा दृश्य उतारेका छन् । उनले भिक्टोरियन कालका बढ्दो सहरी वातावरणलाई मजाले चित्रमा प्रस्तुत गरेकी छन् । सन् १९२४ अक्टोबर ८ मा ९२ वर्षको उमेरमा उनको निधन भयो ।

आज हामी उनका सुन्दर चित्रहरू अवलोकन गर्नेछौँः