किशोर पहाडी साहित्यकार त हुन् नै, आफ्नो समयका राम्रा कलाकार पनि हुन् । संयोग कस्तो भयो भने उनको पहिलो रचना पनि एकाङ्की नै भैदियो । यहि पहिलो एकाङ्की हामीले प्रकाशन गरेका छौँ । यो एकाङ्कीको महत्त्व किन पनि छ भने यो त्यो बेलाको तत्कालीन पत्रिका रूपरेखामा छापिएको थियो । उक्त एकाङ्की २०३३ सालकाे नयाँ वर्षकाे अवसर पारेर वर्ष १६ अड्क १२ मा छापिएकाे हाे । यसकाे महत्व किन छ भने यही एकाङ्की लेखेरै किशोर पहाडी नेपाली साहित्यमा स्थापित भएका हुन् ।

किशोर पहाडी
( एउटा कोठा, विद्यार्थीको कोठामा हुनुपर्ने अस्तव्यस्तता छ । त्यहाँ केटा –१ एउटा स्टुलमाथि बसिरहेको छ । केटा २ को प्रवेश हुन्छ । )
केटा २ – (आउँदा आउँदै) कुरो यत्तिमै टुङ्गेला जस्तो लाग्दैन मलाइ ।
केटा १ – (निराश भावमा ) मैले बुझिँन । कुन कुरो ?
केटा २ – (झस्कन्छ) ए, तिमी त तिमी पो हगी ! तिमीलाई म त ऊ भनि ठानेको ।
केटा १ – ठान्नुले कसैलाई परिवर्तन गराउँदैन्, महाशय ! ठान्नु त एउटा पीडा हो । पीडा पापको परिणाम हो रे । बुद्ध त्यै निष्कर्षमा त पुगेका थिए नि…….!
केटा २ – तर पीडाको परियााम के हो नि ?
केटा १ – (झ्यालबहिर देखाउँदै) ऊ चङ्गा उड्यो । ऊ भँगेरा उड्यो । उड्नु पनि त एउटा पीडा नै हो । पीडा नै एउटा जीवन हो । जीवन
पनि विभाजित हुन्छ महाशय । बस् म त भन्छु— जीवन नै पीडाको परिणाम हो ।
केटा २ – (हडबडाउँछ) सफलता…….
केटा १ – हँ ? सफलता ?
केटा २ – हजुर, म सफलता नै भन्दै छु । के जीवन सफलता हो ?
केटा १ – महाशय, यहीँनेर प्रश्न बहुलाउँछ । …… असफलता पनि त प्राप्ती हो । तिमी जीवनसित संश्रासित छौ क्यार । विद्यार्थी प्रायः यस्तै हुन्छन् । कमजोर नबन तिमी । कहिलेकाहीँ
(यत्तिमै केटी –१ को प्रवेश)
केटा १ – ओहो, तिमीसित नभेटेको त धेरै समय पो भइसक्यो ।
केटी १ – धेरै समय नभन । धेरै हप्ता भनन—धेरै हप्ता ।
यहाँ आज पनि कसैको दिशा ज्ञानले भेट्नुपछि विश्राम पाउँछौ हामी । घृणालाई हृदयको उन्माद नबनाउ ।
केटा १ – सभ्यता खेतमा उम्रन्छ । थाहा छैन तिनलाइ —यसैलाई प्रवाह देऊ । दिशा देऊ । श्रादर देऊ । पूजा देऊ ।
कुहिरोमा लुकेको चिजमाथि ध्यान देऊ, अगाडिको खुला चौरमा हिँड्दै गर ।
केटी १ –तर अहिले त पानी पर्न लागीसक्यो ।
केटा १ –यसले के गर्छ र ?
केटी १ –असिना पर्ला जस्तो छ ।
केटा १ –चिन्न अझै बाँकी छ ।
केटी १ – मैले ठम्याइसकेकी छु ।
केटा १ – तिमी भूलमा छ्यौ । मान्छे परिस्थितिको दास हो । यहि एउटा विवश कथानक हो ।
केटा २ –मान्छे तर पनि सर्वश्रेष्ठ छ । यो किन भुल्छौ ?
केटी १ – (केटा –२ तिर औँल्याउँदै) यहाँ को हुनुहुन्छ नि ?
केटा २ – म पनि केटा मान्छे नै हुँ , यहाँ जस्तै ( केटा –१ तिर देखाउँछ )
केटी १ – कहाँ रहनुहुन्छ नि ?
केटा १ – एउटा आकास छ ।
केटी १ –आकाश त जहाँ पनि हुन सक्छ ।
केटा २ – तर तपाईँ भूल गर्दै हुनुहुन्छ । आकास नै मृत्यु होइन, न त कुनै नैसर्गिक घटना हो ।
केटी १ – (उत्सुकतापूर्वक ) तपाईँ रहने आकाु कत्रो छ नि ?
केटा २ – तपाईँको खाट जत्रो छ मेरो आकास ।
केटी १ –तर म एउटा केटी मान्छे पो ।
केटा २ –केटी मान्छेले बिहे गर्छ ।
केटी १ – केटी मान्छेको श्रन्तिम लक्ष्य नै यही हो ।
केटा२ – तर केटामान्छेको भने अन्त्य नै यही हो ।
केटी १ – (हाँस्छे) कुरा गर्न सायद सिपालु हुनुहुन्छ तपाईँ !
केटा २ –आकाशमुनी बस्ने गरेको छु नि—त्यसैले होला ।
(केटा – १ को प्रस्थान । केटी –२ को प्रवेश )
केटी २ –( आउँदा आउँदै) अब त थाकियो ।
केटी १ –तिमीसँग शब्द छैन कि कसो ?
केटी २ – शब्द स्वरसँगै रित्तियो ।
केटी १ –तिमीसँग गति नै छैन कि कसो ?
केटी २ – गति त समयसँगै विदेशियो ।
केटा २ –तब त तिमी भन्छौ—आज समय छैन् ।
केटी २ – त्यसैले त म थाकेको छु ।
केटा २ –हैन, तिमीले रातलाई बिर्सेनौँ ।
केटी २ –बाँच्नुपर्ने वाध्यता छ ।
केटी १ – मरिदेऊन त ।
केटी २ –सक्दिनँ । सामथ्र्य छैन । मन छैन ।
केटी १ – तब सिकायत पनि नगर ।
केटी २ –केटा किन रात किन्छ त ?
केटा २ – तिमी बेच्छ्यौ किन त ?
केटी २ – भनिहालेँ नि । बाँच्नुपर्ने वाध्यता छ ।
केटा २ – गलत ! तिमीसँग त भोक छ । भोक पनि वाध्यता हो र ?
केटी २ – तब पेट के हो त ?
केटा २ – त्यो त एउटा निहुँ हो ।
केटी २ –पेट निहुँ हैन । भोक निहुँ हैन । बाँच्नु पनि निहुँ हैन । सब वाध्यता हुन, प्रिय ! वाध्यता…..!
केटा २ – मलाइ ‘प्रिय’को पासो मन पर्दैन ।
केटी २ – मन पर्नुले प्रिय जन्माउँछ ।
केटा २ – होइन, प्रिय त जन्माउँछ एउटा लालसामा ।
केटी २ – अटेरी नबन प्रिय ! नत्र अहिले ज्वालामुखी फुट्नेछ ।
केटा २ –भुइुँचालो नै आए पनि केही छैन् । म अमर छु । बाँच्ने सामथ्र्य छ । किनभने भुइाचालोले आकासलाई केही गर्दैन ।
केटी १ – आकासमुनी छु भनेर मख्ख नपर । आकास नै खस्न सक्दछ ।
केटा २ – तर्साउनु बेकार छ । अझसम्म सुकुल च्यातिसकेको छैन् ।
केटी १– ढुसी त परिसक्यो कि !
केटी २– मान्छे पनि ढुसी त परिसक्यो नि !
केटा २– केवल तिमी ढुसी पर्यौ होला ।
केटी २– होइन, तिमी पनि कुहिसक्यौ, प्रिय !
केटा २– तिमी गन्हाइसक्यौ पनि ।
केटी २ – बेचिएपछि जे पनि हुन्छ ।
केटी १ – पर आगालागी भएछ । (झ्यालतिर जान्छे र झ्यालबाहिर हेरिरहन्छे । )
केटी २– ( तर्सिन्छे ) सायद मेरो चिता तयार भएछ । – प्रस्थान )
केटा २ – कुरो यत्तिमै टुङ्गेला जस्तो लाग्दैन मलाई ।
केटी १ – किन ?
केटा २ – किनभने माध्यम झन मोटाइसक्यो ।
केटी १ – उसो भए मैले पनि हट्नु छ । (प्रस्थान)
केटा २ – तर पनि ऊ दुब्लाउँदैन । मैले पनि यहाँबाट हट्नु छ । ( प्रस्थान )
(केटा १ को प्रवेश । ऊ आउँछ र अघिनको स्टुलमा बस्न जान्छ अनि पर्दा पनि विस्तारै बन्द हुन्छ । )



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

