सन् १८०९ मा फ्रान्सले अस्ट्रियामा आक्रमण गरेपछि त्यसको तारो बन्न पुग्यो, टिटियन नामक चित्रकारले सन् १५०८ ताका बनाएको यो चित्र । रेस्ट अन द फ्लाइट इन्टु इजिप्ट नामक यो चित्रकला नेपोलियनका सेनामेनाले चोरेर उनलाई उपहारमा चढाएका थिए भने अर्को एक पटक सन् १९९५ मा चोरेर सपिङ ब्यागमा फेला पारिएको थियो ।

यतिबेला यो चित्रकला बेलायतको क्रिस्टीज् नामक कला र चित्रकलालाई प्रदर्शनीमा राखेको छ र किन्न इच्छुकहरूका लागि भनेर अढाई करोड पाउन्ड मूल्यसमेत तोकिदिएको छ ।

१९९५ मा यो नेपोलियन बोनापार्ट म्युजियमबाट चोरी भएको थियो । पछि सन् २००२ मा दक्षिण पश्चिम लन्डनको रिचमन्ड भन्ने ठाउँमा एउटा सानो झोलामा यो फेला परेको थियो ।

क्रिस्टीले १५० वर्षपछि बिक्रीमा राखेको हो ।

यो चित्रमा बालक जिससको जन्मपछि जिससकी माता मेरी, उनका पिता जोसेफ सुरक्षित रहनका लागि इजिप्टतर्फ भाग्दै गर्दा कुनै एक ठाउँमा आराम गरिरहेको कल्पना गर्दै यो चित्र कोरिएको हो ।

यस विषयमाथि धेरै चित्रकारले चित्र कोरेका छन् तर यो विशेष किसिमको लाग्दछ ।

यही विषयमा रहेर अन्य प्रख्यात चित्रकारहरूले बनाएका चित्रहरू पनि विशेष किसिमका छन् तर तिनको मूल्य चाहिँ यति अचाक्ली महँगो छैन । आउनोस्, हामी ती चित्रकला पनि हेराैँः

 

1993.20