सन् ६१८ देखि ९०७ को अवधिलाई ताङ राजवंशका रूपमा चिनिन्छ । त्यस अवधिमा एक प्रख्यात सम्राटले चीनमा ख्याति कमाए । उनलाई सम्राट ताइजोङ भनी चिनिन्छ ।
सम्राट ताइजोङले आफ्ना सारा विद्वानहरू भेला पारे र मन परेका विद्वानहरूलाई सम्मान गरे । उनलाई लाग्थ्यो, यी १८ जना देशका गहना हुन् ।
उनले ती विद्वानहरूलाई गज्जबको काम सिर्जना गर्न भनी आदेश दिए । उनीहरूले नै चीनको इतिहासमा गज्जबको काम गरे, कुनै विद्वानले अक्षरकला (क्यालिग्राफी) सिर्जना गरे, कसैले चित्रकला सिर्जना गरे । कसैले चेस खेल बनाए त कसैले नयाँ सङ्गीत सिर्जना गरे ।
त्यस बेला यान लिबेन नामक चित्रकारले भने उनको भागको काम पाए । उनको भागमा ती सारा विद्वानको चित्रकला बनाउनु थियो । नभन्दै यान लिबेनले मनोहर चित्र बनाए ।
धेरै वर्षपछि ताङ राजवंश समाप्त भयो । ताङको साटो सोङ राजवंशले आफ्नो शासन थाल्यो । ताङ अवधिमा फलेफुलेका विभिन्न सिर्जनशील काम सोङ राजवंशको अवधिमा पनि जारी रह्यो ।
सम्राट ताइजोङको सोही उदारता यो चित्रकलाले हरदम सम्झाइरहन्छ ।
आउनोस्, हामी पनि यो चित्रलाइ विस्तारपूर्वक अध्ययन गराैँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।