चितवनकाे पार्वतीपुरमा जन्मिएका ४६ वर्षीय भीम श्रेष्ठ युवापुस्ताका नाम चलेका पुराना कलाकार हुन्।

जलरङ, एक्रेलिक र तैल रङ यी तिनै विधामा दख्खल राख्ने उनलाई कुनै समयमा सुगम संगीतको राम्रो गायकको रूपमा चिन्नेहरू अझै पनि धेरै छन्। मूर्तिकला, चित्रकला र गायन विधामा पोख्त कलाकार श्रेष्ठ कला यात्राकै दौरानमा फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, स्लोभानिया, चेक रिपब्लिक, बेल्जियम, भारत, बाङ्लादेश, इन्डोनेसिया लगायत दर्जनौँ मुलुक भ्रमण गरिसकेका छन्।

उनी कला क्षेत्रमै लागेर कैयन् राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अवार्ड पुरस्कार र सम्मान पाइसकेका चर्चित कलाकार हुन्। आजको साहित्यपोस्टमा यिनै बहुप्रतिभाशाली कलाकार भीम श्रेष्ठको मुहारचित्रहरू अवलोकन गर्नसक्नु हुनेछ।

कलाकार भीम श्रेष्ठ एक मुहारचित्रका साथमा ।