नेपालमा बालबालिकाका लागि लक्षित पुस्तकको प्रकाशन दिनानुदिन बढिरहेको छ । आवश्यकताअनुसारका पुस्तक खोज्ने हो भने भेट्न सकिन्छ । तर विभिन्न कारणाले स्तरीय पुस्तकहरूको प्रकाशन भने हुन सकेको छैन । नेपाली बालबालिकालाई त्यस्ता पुस्तकको आवश्यकता छ, जसले उनीहरूलाई थप पुस्तक पढ्न हौसला प्रदान गरोस् । उनीहरूको कल्पनाशीलता बढाउन भूमिका खेलोस् । मनमा लागेका जिज्ञासा उनीहरूले निर्धक्क सोध्न सकून् ।
पुस्तक भनेको आफैँसँग वा अरूसँग अन्तरक्रिया गर्ने गराउने गतिलो माध्यम पनि हो । यो एउटा इमान्दार साथी पनि हो, जसले कहिल्यै धोका दिँदैन ।
सचित्र किताबकाे उद्देश्य भन्नु नै बालबालिकामा भएको सिर्जनाशीलतालाई अझ बढी प्रस्फुटित गर्न सहयोग गर्नु हो । बालबालिकाका रचिमा रहेका विषय छनोट, उत्कृष्ट चित्रकारिता तथा आकर्षक साजसज्जालाई हामीले प्राथमिकतामा राखेका छौँ ।
पुस्तकमा प्रयुक्त विषय, भाषा, शैली तथा चित्रमा नवीन स्वरूप स्थापित गरी बालबालिकाका लागि उत्कृष्ट सिर्जना उत्पादन गरी नेपाली बालसाहित्यलाई विस्तार गर्ने ध्येय सचित्र किताबका सञ्चालक दीपक गौतम बताउँछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।