निकेश भण्डारी चित्र बनाउन रहर गर्छन् । उनको रुचिको विषय हो यो तर जब चित्र बनाइसक्छन् र अरुलाई देखाउँछन्, मानिसहरुले विश्वास गर्न गाह्रो हुन्छ कि यो बनाइएको चित्र हो । उनले बनाउने चित्रहरुलाई थ्रिडी चित्र भनिन्छ ।

थ्रिडीको अर्थ हो, चित्रले लम्बाइ र चौडाइ मात्रै देखाउँदैन, यसमा गहिराइ पनि अनुभूत गर्न सकिन्छ । उनका चित्रहरु अहिले बिस्तारै सामाजिक सञ्जाल तिर चर्चा पाउन थालेका छन् । उनी यसबाट थप उत्साहित भएको बताउँछन् ।

यहाँ हामीले उनका केही चित्रहरु प्रस्तुत गरेका छौँः

चित्रमा प्रस्तुत भएका सामग्रीहरु विज्ञापनका रुपमा प्रयोग गरिएका होइनन् तर हामीले दैनिक जीवनमा देखिरहेका र प्रयोग गरेका वस्तुहरुको उनी चित्र बनाउन मन पराउँछन् ।