
१.
सत्तामोहको धङधङीले नछाडेको पाइयो
जहिल्यै बाउन्न हण्डर त्रिपन्न ठक्कर खाइयो
व्यवस्था फेरियो अवस्था फेरिएन बरै
फेरि पनि खाई न पाई छाला टोपी लाइयो
#
२.
त्यो हातले पिलाएको छाङको कुरो
यो हातले सिलाएको आङको कुरो
थोरै भए त्यै प्रसाद धेरै भए कुलत
जो सङ्गतले मिलाएको भाङको कुरो
#
३.
के नै भनी बोलाऊँ म सपनीमा भेट्नेलाई
अनुत्तरित प्रश्नले मूल बाटो छेक्नेलाई
नबिझाए ती सम्झना राखिदिनु सिरानीमा
मौनताको प्रतीक्षामा देउराली नदेख्नेलाई
#
४.
कालोलाई त सेतो बनाउने रे
सकेको लुटिलुटी कमाउने रे
खोई धनको श्राप लाग्ला र !
भ्रष्टलाई त अगाडि बढाउने रे !
#
५.
न काम लाग्यो न माम लाग्यो
न ठाम लाग्यो न दाम लाग्यो
कठैवरा ! बादल मडारिंदै गर्दा
न ठेगान लाग्यो न घाम लाग्यो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
