
१.
कर्कशलाग्दो त्यो बोलीले कानै खाइसक्यो
कति सुन्ने, सुन्दासुन्दा दिक्दारै लागि सक्यो
बकबक पनि कति गर्न सक्दा र’छन् गाँठे
यिनका झुसिलो डकारले त बम नै आइसक्यो ।
२.
तथानाम गर्दा पनि चड्काउन सक्दैनन्
हातमा बन्दुक छँदा पनि पड्काउन सक्दैनन्
नून, भुटुन, मरमसला सबैथोक छ र पनि किन ?
यिनले आगो लगाएर छड्काउन सक्दैनन् ?
३.
कस्तो होला, यत्रतत्र सर्वत्र डुल्छ मानिस
स्वार्थका लागि जे पनि कबुल्छ मानिस
मृत्युकालसम्म गर्छ लालच र ईर्ष्या, तर
सुनिश्चित् त्यो मृत्यु पनि भुल्छ मानिस ।
जराङबेसी, गोरखा
हालः पोखरा

साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
