सुदीप पुर्कुटी

(१)
त्याे गन्तव्यविहीन यात्रा खुरुखुरु कसले गर्याे ?
ज्ञान दिँदै हिँड्ने काम ईश्वर या गुरु कसले गर्याे ?
धर्ती ! जन्म एक हजारौं कष्ट जीवन सुन्दर सृष्टि
याे माटो ढुङ्गा मित्र दुश्मनकाे सुरु कसले गर्याे ?

(२)
रिक्तताले भरिएको जीवन फुलाउनु पर्दैन
सपनाको महल बनाई अब भुलाउनु पर्दैन
ममा हक जमाउने तिमीमा अधिकार छैन
सामन हाेइन कठपुतलीझैँ झुलाउनु पर्दैन ।

सिन्धुली, सुनकोसी ४
हालः ललितपुर