

युवराज भण्डारी (क्यानडा)
१
करोडौँमा चुनेर मन पराउने पनि माया
कैले देखूँ कैले भेटूँ गराउने पनि माया
प्रेमको जादुमा जोकर बन्छ कोही यहाँ
मुटुमा राख्दा राख्दै हराउने पनि माया
२
उकाली चढ्नु अनि ओराली झर्नु जीवन
कहिले खहरे कहिले सागर तर्नु जीवन
विफलताको डरले काँपेर पुगिँदैन कहीँ
भगाएर मनको डर अगाडि सर्नु जीवन
३
प्रगतिमा लम्सिएकाहरूलाई घचेट्ने संस्कार हावी भयो
स्वार्थका निम्ति आफ्नै धरातल मेट्ने संस्कार हावी भयो
सिद्धान्त भन्दा ठीक विपरीत काम गर्छन् यिनीहरु
टुप्पोमा बस्छन् अनि फेदलाई रेट्ने संस्कार हावी भयो ।
तनहुँ
हाल: टोरन्टो, क्यानडा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
