१.
मेटिदैन विधिको विधान बुझिदिने कसले
भएपछि पीडा अन्जान बुझिदिने कसले
दिल खुसी भए पो मीठो लाग्छ सबैकुरा
भित्र आँसु बाहिर मुस्कान बुझिदिने कसले ।।

२.

बसिरन्छ्न हेरिहेरी चर्को नबोल
बगाउदै गङ्गा भेरि चर्को अबोल
भित्ताको नि कान, हुन्छ रे सुनेको छु
छिमेकीले सुन्लान फेरी चर्को नबोल ।।

३.
डोरी पहिल्याउँदै ललाटसम्मको
भारी दाउरा अनि खाटसम्मको
असह्यय भयो चोट जिन्दगीको
अब तय गर्नुछ सफर घाट सम्मको ।।