साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

भीम परियारको पाँच मुक्तक

Chovar Blues Mobile Size
भीम  परियार

मुक्तक १

जीत कहिल्यै भएन सधैँ हार भयो जिन्दगी
पछुताउनु पर्ने आफ्नै भार भयो जिन्दगी
सपना त मैले पनि ठूला नै देखेको थिएँ नि
पूरा कहिल्यै भएन दिक्दार भयो जिन्दगी ।

मुक्तक २

मन भित्रका पीडाहरु भन्न कहाँ सक्छु र
चोटहरू हजारौँ छन् गन्न कहाँ सक्छु र
म त मनले माया गर्ने मान्छे परेँ हजुर
तिमी जस्तै स्वार्थी बन्न कहाँ सक्छु र

मुक्तक ३

हाम्रो चोखो मायामा यस्तो खेल हुन सक्छ
नजर लगाउन समाज पनि सामेल हुन सक्छ
मेरो बारेमा तिमीलाई हरेक कुरा सुनाउलान्
अहँ नमान्नु यो त छुट्टयाउने जालझेल हुन सक्छ ।

मुक्तक ४

छाती माथि ढुङ्गा राखी हास्नु परेको छ
मरेर पनि सबको सामु बाँच्नु परेको छ
जीवनभरि सँगै जिउँला सोचेको थिएँ
बाध्यताले अर्कै सँग नाता गाँस्नु परेको छ ।

मुक्तक ५

भए पनि मनमा पीर चिन्ता नलिनु आमा
यस्तै रहेछ छोराको तक्दिर चिन्ता नलिनु आमा
प्रदेशीको जीवन घरको न घाटको हुँदो रहेछ
एकदिन छोरो फर्किन्छ आखिर चिन्ता नलिनु आमा ।

ढकारी गा. पा. ६ ढुङ्गाचाल्ना अछाम

प्रतिक्रिया
Loading...