साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अर्जुन उप्रेतीका चार मुक्तक

Chovar Blues Mobile Size
अर्जुन उप्रेती (अप्रतिम)

भावातिरेक तरङ्ग

(१)
इज्जत सँग बाँच्न पनि कति साह्रो रैछ !
बेदाग बनि हिँड्न पनि कति गाह्रो रैछ !
मुखौटानै मुखौटामा लुकेका छन मान्छे
लैनो सम्झि मक्ख परेँ, तर थारो रैछ !

(२)
आऊ न आऊ हात समाउँला हिँड मसँग
मायाले लछ्याप्रै रूझाउँला हिँड मसँग
बाँडी चुँडी खाने मेरो बानी यस्तै छ
तिम्रा पैतालामुनि मुटु थन्क्याउँला हिँड मसँग।

(३)
शब्दहरूको भरमार छ गीत कहाँ छ ?
यति धेरै मानिस छन् मीत कहाँ छ ?
हृदयबाट पग्लेन जो, माया के पो गर्ला !
छामेर हेर त मलाई ! यस्तो प्रीत कहाँ छ ?

(४)
शब्दहरूको बाली लगाउँने वीर कहाँ छन ?
शब्दभेदी तीर चलाउने वीर कहाँ छन ?
वीर हौ त सामु आऊ ! समर तयार छ
सहिद हुँन कहिल्यै नडराउँने वीर कहाँ छन ?

प्रतिक्रिया
Loading...