उमेश थापा

जम्माजम्मी एउटा मुटु केही नली रगतहरू
तिम्रो साथको रहरका आलिशान संगतहरू
यति नै त थिए मेरा आँकडामा जायजेथा
कुन धितो राखी दिउँ, करोडौँ नगदहरू।

ठीक छ मुटु राख्छु धितो गिल्ला गरून् जगतहरू
तिमी खुसीतुल्य हुँदा सोच्दिनँ कोई फगतहरू
दुनियाँले सच्याउन खोजे होलान् मलाई पनि
केही फरक पर्ने छैन मलाई त्यस्ता बखतहरू ।