अजयका तीन मुक्तक
१.

पूरानो अतित सम्झाई दियो कुनै बेलाको
त्यही गुनको बदला लियो कुनै बेलाको
जसले मेरो सिसाको घरमा पत्थर हान्यो अहिले
उहीँ नै घनिष्ट साथी थियो कुनै बेलाको ।।
२.
म गरिब तिमी धनी गाह्रो हुनेरहेछ
फेरि प्रेम छुट्छ भनी गाह्रो हुनेरहेछ
हिरा जस्तो सम्बन्ध पितल हुने डरले
मन पराउँछु भन्न पनि गाह्रो हुनेरहेछ ।।
३.
छोरा मात्रै चाहिन्छ भन्ने बाआमाको दिल थियो
शिक्षित भएर पनि मस्तिष्क भने शिथिल थियो
छोरी भएको कारण भ्रूण हत्या भयो जसको
आमा महिला अधिकारकर्मी बाबू वकिल थियो ।।