साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अरूणका मुक्तक

Chovar Blues Mobile Size


कोरोनाको डर छ धेरै नभेटम् भो प्रिय
संक्रमितको घर छ धेरै नभेटम् भो प्रिय
बाँकी जीवन सँगसंगै बिताउँनुछ हामीले
बाँच्नु पर्ने कर छ धेरै नभेटम् भो प्रिय ।।

२.
लुकी लुकी मलाई हेर्ने नानी भित्र के छ
आँखा जधाइ हाँसिदिने बानी भित्र के छ
त्यो दिलको फूलबारीमा राजा छ की छैन
राजा भन्दै बोलाउने बानी भित्र के छ ?

३.
विदेशीले बाटो खोल्छन सरकारलाई थाह हुन्न
कुन नेताले के के बोल्छन् सरकारलाई थाह हुन्न
एनजीओ र आइएनजीओ विदेशीका एजेन्टहरू
लगानीमा बिष घोल्छ्न सरकारलाई थाह हुन्न ।।

 

प्रतिक्रिया
Loading...