१.
गायक भने म गायकै छु
नायक भने म नायकै छु
अरूका लागि जे भए पनि
तिम्रा लागि त म लायकै छु ।
२.
मनमा तिमी छिर्ने बाटो बार्न पाए बारिदिन्थेँ
मुटु मेरो तिमी भित्रै सार्न पाए सारिदिन्थेँ
अचाक्ली यो माया तिम्रो भो सहन सक्दिनँ म
गोली ठोकी तिमीलाई मार्न पाए मारिदिन्थेँ ।
३.
मनभित्र एउटा सुइरो गाढिएको धेरै भयो
रात नसुती यता उता माडिएको धेरै भयो
भनूँ भने कसलाई भनूँ मुटुभित्र भको कुरा
जिन्दगीमा खुसी मेरो टाढिएको धेरै भयो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला