

अजय अनमोल
१
प्रेमको अनौठो परिभाषा दियौ कसरी भुल्न सक्छु
मायाको बदला घृणाले लियौ कसरी भुल्न सक्छु
दुश्मनलाई पनि त हरक्षण सम्झिरहेको हुन्छु भनें
तिमी त मुटुको धमनी थियौ कसरी भुल्न सक्छु ।
२
फूलको मुटुमा अटाउन मेहनत गरियो
हरदम् फूललाई सताउन मेहननत गरियो
आफ्नोहरु चुहिने लोटाको पानी झै रित्तिदै गएछन्
बस् पराइलाई आफ्नो बनाउन मेहनत गरियो ।
३
मन मुटु जताततै आधा भेटिन्छिन्
नम्र बोलीसँग जहिल्यै सादा भेटिन्छिन्
प्रेम भन्दा ठूलो विवाह हुने भए किन
मन्दिरहरुमा कृष्ण सँग राधा भेटिन्छिन्



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
