बाबुराम पोखरेल
१.
खाँचोमा माग्दा आवश्यकता बढी तृष्णा कम् चाहिन्छ
दोहोरो लेनदेन हो, आपसी सद्भाव एकदम् चाहिन्छ
रित्तो मुखको आग्रह त कहाँ प्रभावकारी हुन्छ र !
सडकमा माग्न पनि एउटा बुफर त न्यूनतम् चाहिन्छ ।
२
मेरो यात्रामा आज पृय हिमाल अकस्मात देखियो
सुम्सुम्याएझैँ मायाको सागरमा एउटा हात देखियो
मेरो देशको कुनै ठाउँ भ्रमण गर्दा मलाई यस्तो लाग्छ
मानौँ नवयौवनाले मुस्कान छर्दा सफेद दाँत देखियो ।
३
अभावका तगारा नै वाध्यताका बार हुन्छन्
सुखसयल लत्याएर, लक्ष चुम्न तयार हुन्छन्
मिहिनेती हातहरूलाई प्यारो हुन्छ ढुङ्गा माटो,
प्रकृतिको काखमा नै सिक्ने कुरा हजार हुन्छन् ।
(पोखरेल नेपाल मुक्तक प्रतिष्ठान, प्रदेश नं. १ शाखा, अध्यक्ष हुनुहुन्छ । उहाँ विराटनगर ३, मोरङ निवासी हुनुहुन्छ ।)
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला