लक्षिमा उपाध्याय (विश्वनाथ)

 

१.

एक्कासी हुँदोलाई नहुँदो भनिन्छ यहाँ,

चुनौती दिँदै हकिकतलाई गनिन्छ यहाँ ।

नाघ्न नसक्ने पर्खालहरू वास्तै नगरी,

आफू पुरिने खाल्डो आफैँ खनिन्छ यहाँ  ।।

 

२.

नचाहेर पनि असत्य नै बोल्नु पर्दो रहेछ,

भ्रष्टाचारी कोडीकै पाउ मोल्नु पर्दो रहेछ ।

बिचित्रको रङ्गीचङ्गी दुनियाँमा बाचेर चल्न,

मुटुमा गाठो पारेर सत्य खोल्नु पर्दो रहेछ  ।।