अर्जुन न्यौपाने

 

१.

कलकलाउँदो उमेर उनको अब आस छैन भन्छन्,

व्यस्त छन् सबै उनलाई हेर्ने अवकाश छैन भन्छन् ।

पीडितलाई सान्त्वना दिन आउनेहरू नाड़ी छाम्दै-

सिद्धिएछ मानो अब यो देहमा श्वास छैन भन्छन् ।।

 

२.

भित्री मनको बगैँचामा फुल्नेहरू पनि,

भँवरा बनी कोपिलामा झुल्नेहरू पनि ।

स्नेहच्छेदले ती फूल त्यसै ओइली झर्दा-

रोदित बन्छन् सपनामै भुल्नेहरू पनि ।।