मीनादेवी फुँयाल (तेलिचुंगा)

 

१.

सहरको मुस्कानको खोजीमा गाउँको हाँसो छोड्दै हिँडे म,

सत्यको चोलो च्यातेर झुटको खास्टो ओढ्दै हिँडे म ।

जीवनको कठिनाइसँंग जितेर हिँड्न सजिलो छैन साथी,

जब जब कठिनाइ भेटेँ सफरमा बाटो मोड्दै हिँडे म ।।

 

२.

हजारौं सङ्घर्ष झेल्नु पर्छ समयको साथ चल्नलाई,

बाती धेरै पवित्र हुनु पर्छ ईश्वरको सामु जल्नलाई ।

मनमा धैर्य र दृढता भए पहाड चड्न डर हुँदैन,

न दाउरा चाहिन्छ मनमा दृढताको आगो बल्नलाई ।।