होमा खनाल (पानीभण्डार)

 

१.

हो, मानिसले मानिसलाई अवहेला गरेको देखिन्छ यहाँ,

भेदभाव बोकी पर पर सरेको देखिन्छ यहाँ ।

जबसम्म मानिसले बुझ्दैन मानिसको व्यथा,

तबसम्म मानवता मरेको देखिन्छ यहाँ ।।

 

२.

मिल्दैन जीवनमा ठानेको सबै जानेकी छु,

कठिनाइको माझ पनि हाँस्नु पर्ने ठानेकी छु ।

जीवन भनेको यस्तै रहेछ हजुर,

दुख र सुख जोडी जीवनको डोर तानेकी छु ।।