प्रियङ्का शर्मा (गोवालपारा)

 

१.

झुपडी भए नि मेरो धाम, मिठो वचन बोली दिनु,

राखेर पुस्तक, कलमसँगै अब एउटा झोली दिनु ।

मलाई पनि बन्न मन छैन श्रमिक कदापि हजुर !

मेरो बालकपनलाई त्यसरी विष नघोली दिनु ।।

 

२.

घरमा कुकुर पालेर खाना खुवाएको देखिन्छ,

उस्तै परेमा आफूसँगसँगै सुताएको देखिन्छ ।

पशुलाई प्रेम देखाउने शिक्षित मान्छेहरूले नै

वृद्ध बाआमालाई आश्रम खेदाएको देखिन्छ ।।