१.
कवि त शब्दको बगैँचा गोडमेल गर्ने माली हुन्छ,
तर भाग्यमा उसको कि त गाली कि ताली हुन्छ ।।
जतिसुकै मञ्चमाथि चढे नि कविको विचरा यहाँ,
ढिकुटी धनको जिन्दगीभर प्रायः खाली हुन्छ ।।
२.
ठूलो जूनको छेउमा धेरै साना तारा देखेँ,
ठूलो भए पनि जूनले लिएको सहारा देखेँ ।
प्रकाश थाप्न जूनले हात थापिरहेको थियो,
तर ताराको आफ्नै किरणको धारा देखेँ ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला