


मिना पौडेल निकासी (बाक्सा)
१.
जुन तारा झारिदिने होइन, सपना साकार बनाउने हुनुपर्छ,
हाई झगडा नगरी कुरा बुझाउने अनि सम्झाउने हुनुपर्छ ।
रूपरङ्गको वास्तै नगरी मन मिल्ने मान्छे नै मायालु हो बुझ्नुस्,
सुख होस् या दुःख ऊ साथमै बसी कमाउने र रमाउने हुनुपर्छ ।।
२.
बाउको सम्पत्तिमा घमण्ड गर्दै मात्तिएको देख्छु,
सुकर्ममा भन्दा धेरै कुकर्ममा तात्तिएको देख्छु ।
बल्ल आएछ क्यार घरको जिम्मेवारी टाउकोमा,
त्यैसैले त कामको सिपै नपाएर आत्तिएको देख्छु ।।



