सुरज खनाल (कोक्राझार)

 

१.

सोचेर बुझेर निर्णय लिने चलन होस्,

सभ्यताको पक्षमा उभिने चलन होस् ।

नारीको अस्मितामा दाग लगाउनेको,

हात काटेर फ्याँकी दिने चलन होस् ।।

 

२.

जपी यहाँ भगवानको नाम यत्ति सोध्नु छ,

राखी सवाल सामुन्ने तमाम यत्ति सोध्नु छ ।

सुखमा हुँदा खोज खबर लिइरहने साथी

दुखमा किन लाग्दैन काम ? यत्ति सोध्नु छ ।।