मनोज कुमार कँडेल

१.
जुन हेर सुन्दर यो धर्ति आकाश चम्काउछ
बादल त्यो कालोमूूस्लो धर्ति आकाश सिचाउछ
जिम्मेदारी भुल्यौ भने न धर्ति रहला न हामी
सुर्य हेर ज्वाला छर्दै यो धर्ति आकाश उज्याउछ ।

२.
लाग्दो हो तिमीलाई दुनियाँलाई मुर्ख बनाए
हाम्री कर्तव्यच्युत महारानीलाई पनि मनाए
दुनियाँ हाँसाएर थिती, निती, मति नासेर
बिजयी कल्पेर नसोच झुण्डको स्वार्थ बचाए ।

३.
देश हास्यो जनजन नाँचे राष्ट्राधिश छोरी पाएर
नबुझेकी हौं की छक्काए फकाए धुर्तजन आएर
नाथे गुट, झुट त्यागी बन्नुपर्ने थियो राष्ट्रकी छोरी
मती, गती उल्टीयो नासिन त होला कुबुद्धि छाएर ।

भक्तपुर कटुन्जे