खुकुरी
आँधीभन्दा अगाडि ठूलो हुरी आउनेछ
त्यो सुक्खा खडेरीमा एक दिन जरुर झरी आउनेछ
सार्दै जाऊ मेरो देशको सीमा
तिमीलाई उपहार मेरो खुकुरी आउनेछ। ✊
युवा
उडेर चन्द्रमा छुनुछ मलाई
भाेका र नाङ्गाहरुको आँसु पुस्नु छ मलाई
पीडामा परेका दुःखीहरुको हात समाउनु छ मलाई
नयाँ जोशिला युवाहरुसँग एकजुट भई मेरो देश नेपाल बनाउनु छ मलाई।
देश
अति भइसक्यो यहाँ अतिचार हुन लागिसक्यो
देशको नाउँ नै हेर लाचार भइसक्यो
भारतले अतिक्रमण गरेको जमिन फिर्ता पाउनका लागि अब सबै जुट्नु पर्छ
कलमबाटै गर्ने दवाव अब एउटा विचार भइसक्यो।
आमा
आमा तिमी महान् छौ, जन्मायौ हुर्कायौ अनि मलाई बडायौ
नौ महिना कोखमा राखी मलाई यस धरतीमा उतार्यौ
हजारौँ चोटहरुसँग लड्दै ज्ञानी बन्न सिकायौ
ठूलालाई आदर र सानालाई माया गर्न सिकायौ
आमा तिम्रो ममता महान् छ, भनिन्छ दुःखपछि सुख खोजेर पाइन्छ
तर आमाको जस्तो अथक माया कहाँ खोजेर पाइन्छ?
आमा तिमी मुस्कुराउँदा मेरो मन रमाउने गर्दछ
मेरा जतिसुकै कठिन परिस्थिति टरेर जाने गर्दछ
साथी, भाइ, दिदी, बहिनी, इष्टमित्र खोजेर पाइने
तर आमाको माया खोजेर नपाइने।
मित्रता
मित्रता मौसम होइन
समयअनुसार परिर्वतन हुने
मित्रता साउनको झरी होइन,
वर्षापछि रोकिने
मित्रता आगो होइन,
सल्केपछि खरानी भइहाल्ने
मित्रता फूल होइन,
फक्रे पछि ओइलाइहाल्ने
मित्रता श्वास हो,
जबसम्म चल्छ तबसम्म जीवन रहन्छ
जब टुट्छ त जीवन बिलाउँछ
अरबको सपना
खाडी मुलुकमा एक्लो भई रोइरहेको छु म
तातो हावा र नुनीलो पानीमा सड्दै गएको छु म
कोरोनाको डरले निशब्द हुन थालेको छु म
कसरी सुनाउँ मेरा मनका भावना कसैलाई
दु:खैदुःखको भार बोक्दै निकै तल झरेको छु म।
सपना
सपनाहरुमा हराँउदै गएको छु म
होसमा पनि मदहोश हुँदै गएको छु म
के छ त्यस्तो तिम्रो त्यो मुस्कानमा
आफूलाई रोक्दा समेत तिम्रो हुँदै गएको छु म।
स्वाभिमान
अक्सर जो मान्छे सत्यको लागि लड्छ
उसलाई आफ्नो छविको ख्याल हुदैन्
उसलाई टाढिएका मान्छेहरुसँग मतलब हुँदैन
सिर्फ उसलाई आफ्नो स्वाभिमानको बढी ख्याल हुन्छ।
जिन्दगी
जिन्दगी एउटा सुन्दर सपना हो
जसमा जिउने चाहना हुनु पर्यो,
दु:ख आफैँ खुशीमा बद्लिन्छ
बस मुस्कुराउने बानी हुनु पर्यो। ?
एक
एक परिचयले हजारौँ साथी बनाइदिन्छ,?
एक मुस्कानले हजारौँ पीडा लुकाइदिन्छ?
जिन्दगी बाटो हिँड्दा सम्हालेर हिँड्नु,
एक गल्तीले हजारौँ सपना जलाइदिन्छ।?
प्यारी
पीडैपीडाले मुटु जलाउन थालेको छ प्यारी
भोको पेटले पूरै ज्यान गलाउन थालेको छ प्यारी
अन्तिम त हुँदैन होला है हाम्रो प्रेम कहानी
तर पनि कता-कता लाग्दैछ सकिदैछ अब हाम्रो कहानी।?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।