१.
मनसुनमा रुझ्नलाई तिमी आउनुपर्छ !
प्रेमको भाषा बुझ्नलाई तिमी आउनुपर्छ !!
कुनै दिन मैले आँसु झारेछु भने
मेरा आँसु पुछ्नलाई तिमी आउनुपर्छ !!!
२.
पिज्जा खाउँला बर्गर खाउँला तिमी आएपछि !
मुटु साँटेर प्रेम लाउँला तिमी आएपछि !!
मीठो खाउँला राम्रो लाउँला हिँड्दा हिँड्दै हामी
संसार घुम्न सँगै जाउँला तिमी आएपछि !!!
३.
बाली राम्रो नफलेको,खेती बिग्रेर हो !!!
मान्छे काम नलाग्ने, मति बिग्रेर हो !!!
हाम्रो देश किन यस्तो सङ्कटमा थाहा छ ?
देश हाँक्नेहरूको नियति बिग्रेर हो !!!
४.
फेसबुकमा उनलाई साथी बनाएँ !
मेसेन्जरमा सबैभन्दा माथि बनाएँ !!
मुटु भन्ने चिज,राउटर बनेपछि प्रेमको
हामीबीचको कनेक्सन जाती बनाएँ !!!
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला