खै आफ्नोपन कहाँ गएको छ आजकाल,
आत्मसम्मान कहाँ हराएको छ आजकाल ।
सारेआम बैरीले धर्तिमाताको बलात्कार गर्दा पनि,
विरोधाभास जनाउन साहस डराएको छ आजकाल !
जिम्मेवारहरू बोल्दा भक्भकाएको छ आजकाल,
उत्तरदायित्वहरू निष्फिक्री शर्माएको छ आजकाल।
यही माटोका लागि सहिद भएका आत्माहरुले प्रश्न गर्दाखेरी,
जवाफ दिन नसकेर जिब्रो लरखराएको छ आजकाल !
हातमा हात राख्ने बेला भएको छ आजकाल,
नेपाल आमालाई सुरक्षा चाहिएको छ आजकाल।
नेपालको सच्चा सपुत भएर मर्नुछ भने तिमीलाई,
आऊ अघि बढौँ राष्ट्रसेवाको भावना जुर्मुराएको छ आजकाल !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला